नेपाल टेलिकमले ०१२३४५६, १२३४५६ जस्ता अपरिचित फोन नउठाउन आग्रह ।

अन्य

नेपाल टेलिकमले ०१२३४५६, १२३४५६ जस्ता अपरिचित फोन नउठाउन आग्रह ।

नोवेम्बर २६ काठमाडौँ :-नेपाल टेलिकमले ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आएको कल नउठाउन उपभोक्तालाई आग्रह गरेको छ । टेलिकमले एसएमएस गरेर यस्तो आग्रह गरेको हो ।

केही महिनादेखि मोबाइल प्रयोगकर्तालाई यस्तो नम्बरबाट फोन गरी ठग्ने गरेकोले म्यासेज पठाएर खबरदारी गरिएको कम्पनीको भनाइ छ । अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई चिठ्ठा परेको भन्दै ठगेकोले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको हो । टेलिकमले अपरिचित कल नउठाउन भन्दै शंकास्पद फोन आएमा १८८ मा उजुरी गर्न आग्रह गरेको छ ।

491e2e40c2b2756a41736b95dceaa0c4


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...