मगर संघ इजरायलले माघे सक्रान्ति पर्व भब्य रुपले मनाउने ।

अन्य

मगर संघ इजरायलले माघे सक्रान्ति पर्व भब्य रुपले मनाउने ।

नोवेम्बर २२ तेल अभिव :- मगर संघ इजरायलले बिगतको बर्षहरुमा झै यस वर्ष पनि आफ्नो मौलिक चाड'' माघे सक्रान्ति २०१८'' पर्व एक बिशेस कार्यक्रमको आयोजना गरि मगर सास्कृतिक झाँकी एवम रात्रि भोजका साथ २०१८ जनवरी १९ तारिख शुक्रबारको दिन तेल अभिवको एभेरेस्ट हलमा भब्य रुपमा मनाउने भएको छ। कार्यक्रमको लागि अवस्यक तयारी गरिरहेको संघका महासचिव जमुना थापा मगरले फिष्टेल न्यूजलाइ बताउनु भयो।

उक्त कार्यक्रममा रात्री भोजको साथमा विभिन्न मगर सस्कृतिमा आधारित मनोरन्जनका कार्यक्रमहरु लगायत उदयमान गायिका प्रमिला पुन मगरको धमाकादार प्रस्तुतिको रहने भएको छ । इजरायलका विभिन्न ठाँउमा कार्यरत मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरु, सामाजिक, धार्मिक ,जातीय संघसस्था, बुद्धिजीवी बर्ग अन्लाईन पत्रकार /मिडियाकर्मीहरु सबैमा गरिमामय उपस्थितिको लागि मगर संघ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।

आयोजक :-मगर संघ इजरायल

मिती :-१९ जनावरी २०१८

स्थान :-एभेरेस्ट  हल ''तखाना मर्कजी तेस्रो तला''

समय :-७.०० साँझा


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...