एसइईको यस बर्षको परिक्षा चैत ८ देखि संचालन हुने |

अन्य

एसइईको यस बर्षको परिक्षा चैत ८ देखि संचालन हुने |

डिसेम्बर २० भक्तपुर :- यस वर्षको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुनेछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...