सरकारी पक्षसंगको सहमति पछि अनसन तोडे डा के सीले |

अन्य

सरकारी पक्षसंगको सहमति पछि अनसन तोडे डा के सीले |

जनवरी १३ काठमाडौँ :- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा सहित स्वास्थ्य शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर ६ दिनदेखि अनशन बस्दै आएका डा. गोविन्द केसीले आफ्नो १४ औँ अनशन तोडेका छन्।शुक्रवार राति स्वास्थ्यमन्त्री दिपक बोहोरासहित गएको सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेका छन् |सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्नेबारे नियमावली संशोधन गर्न तत्काल त्रिवि सभाको विशेष बैठक बोलाउने लगायतका छन्।

त्यसबाहेक सर्वोच्चको आदेश अनुसार नै डीनमा डा. जगदीशप्रसाद अग्रवालको नियुक्ति भएको हुँदा उनकै नियुक्तिलाई निरन्तरता दिन कुलपतिमार्फत निर्देशन दिनेलगायतको विषय पनि सहमतिमा उल्लेख छ।डा. केसीले माग गरेको प्रधानन्यायाधीश पराजुलीको राजीनामा र अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे भने सहमतिमा केही उल्लेख गरिएको छैन।

गत सोमवार अदालतको अवहेलना गरेको आरोपमा प्रहरीले डा. केसीलाई शिक्षण अस्पतालमा अनसन बसेकै ठाउँबाट पक्राउ गरेको थियो।तर केसीले अदालतमा बयानका क्रममा आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको बरू स्वच्छ आलोचना मात्रै गरेको बताएपछि बुधवार अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

bbc nepali

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...