बिव्लव कार्यकर्ताले वडा कार्यालय लुटे |

अन्य

बिव्लव कार्यकर्ताले  वडा कार्यालय लुटे |
अप्रिल १२ नवलपरासी:- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री लुटेका छन् ।गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगेका हुन् । उनीहरुले नवलपरासी र नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन उर्दीसमेत जारी गरेका छन् ।गाउँपालिकाका सामान लिएर जाने समूहको खोजी कार्य भइरहेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...