बाम एकता संयोजन समितीको बैठक बिहिबार बस्ने ,कार्यदलले प्रतिबेदन बुझायो |

अन्य

बाम  एकता संयोजन समितीको बैठक बिहिबार बस्ने ,कार्यदलले प्रतिबेदन बुझायो |

अप्रिल ०३ काठमाडौँ :- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि अन्तरिम विधान र संगठनात्मक र वैचारिक राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलले आगामी वैशाख ९ गते पार्टी एकताका लागि उपयुक्त हुने सुझावसहित प्रतिवेदन बुझाएको हो ।

दुवै कार्यदलले पार्टी एकताको घोषणा कम्युनिष्ट पार्टी स्थापनाका दिन वैशाख ९ गतेका दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको एक नेताले बताए ।दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले प्रतिवेदनमाथि छलफल गरी अन्तिम रुप दिइपछि एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने तयारी भएका बताइएको छ ।

तर केही विषयमा भने अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई छोडिएको छ ।

स्रोत :-एवेरेस्ट न्युज


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...