बेनी जोमसोम रुटमा स्थानीय यातायात व्यवसायीको दादागिरीको कारण ३ दिनको सुत्किरी सहित यात्रुहरु अलपत्र |

अन्य

बेनी जोमसोम रुटमा  स्थानीय यातायात व्यवसायीको दादागिरीको कारण ३ दिनको सुत्किरी सहित यात्रुहरु अलपत्र |

फेब्रअरी १२ पोखरा :-स्थानीय यातायात ब्यबसायीहरुको विवादको कारण बेनी जोमसोम सडक खण्डमा यात्रुहरुले पटक पटक सास्ती खेप्नु परेको छ | म्याग्दीको सदरमुकाम बेनीबाट सुत्केरी सहित यात्रु लिएर बेनी नगरपालिका–९ तोरीपानी तर्फ लागेको बोलेरो जीप मारनीथानमा गएराती दुईजनाले रोकेर टायारको हावा फालिदिएको थिए । ध १ ज ७४५ नम्बरको जीपमा सवार सुत्केरी कल्पना परियारका श्रीमानका अनुसार जीप रोकेर टायरको हावा फालिदिएपछि अलपत्र परेको बताए ।

27994797_1821041341300958_2084227971_n

‘३ दिनको सुत्केरी सहित अन्य यात्रु समेत अलपत्र परेको बुझिएको छ। जिल्लामा यातायात ब्यवसायी बीचको विवादले यात्रु मर्कामा परेको बताउँदै राती बेनीमा फर्किएर सोमबार विहान घर फर्किएको किसानले बताए । जिल्लामा यातायात ब्यवसायी बीच विवाद नभएपछि विना रुट परमिट रातो र कालो नम्बर प्लेटमा भएका बोलेरो जीपमा यात्रु बोक्ने गरेको भन्दै विवाद हुने गरेको छ ।यस क्षेत्रमा आफ्नो निजि गाडी लिएरा जाँदा पनि विभिन्न ठाउमा समस्या झेल्नु परेको खबरहरु आउने गरेको छ |म्याग्दी सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रमा म्याग्दी जिप तथा बस सञ्चालक समिति, पश्चिम म्याग्दी जीप ब्यवसायी समिति, म्याग्दीकाली यातायात समिति, धौलागिरी यातायात ब्यवसायी समिति मार्फत भाडाका सवारीसाधन सञ्चालनमा रहेका छन् । पछिल्लो समय निजी प्रयोजनमा खरिद गरिएका सवारीसाधनले समेत यात्रु बोक्ने गरेको गुनासो आउने गरेको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...