नवलपरासीमा बस दुर्घटना ३ गम्भीर घाइते |

अन्य

नवलपरासीमा बस दुर्घटना ३ गम्भीर घाइते |

फेब्रअरी २३ नवलपरासी :-पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको टायर पड्केर विपरित दिशाबाट आउदै गरेको UP ८३ AT ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि दुर्घटना भएको छ |घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...