दाह्री ग्याङ्ग समुहले दोस्रो वार्षिक उत्सवको अवसरमा पोखरामा पोलहरुमा डस्टबीन राखे |

अन्य

दाह्री ग्याङ्ग समुहले दोस्रो वार्षिक उत्सवको अवसरमा पोखरामा पोलहरुमा  डस्टबीन राखे |

फेब्रअरी २० पोखरा :-दाह्री पाल्ने, यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ को दोस्रो वार्षिकोत्सव शहरको पोलपोलमा डस्टबीन राखेर पोखराका मेम्बरहरुले मनाएका छन् ।गएको वर्ष जेठ अन्त्यतिर पोखरामा दाह्री सौखिन समूह एकीकृत भएपनि फेसबुकमा समूह बनेको मिति अनुसार दाह्री ग्याङको स्थापना दिवस मनाइएको हो । काठमाण्डौं, पोखरा सहित समूह सक्रिय भएका ठाउँमा युवाहरुले विविध कार्यक्रमका साथ मनाएका छन् ।

पोखरामा १० थान फलामे जालीवाला डस्टबीन पोल पोलमा टाँस गरिएको छ । पोखराका चोक चोकमा डस्टविन राख्ने काम सुरु भएको जनाउँदै दाह्री ग्याङ पोखराले यस कार्यलाई निरन्तरता दिने बताएको छ । अहिले न्यूरोड र सभागृहचोकमा डस्टबिन राखिएको हो । यसअघि विभिन्न संघसंस्थाले बाल्टिन जस्ता डस्टबीन राखेपनि त्यो टिकाउ हुन नसकेको जनाउँदै समूहले यसपटक टिकाउ हुने खालको डस्टबीन राखेको हो । यस कार्यलाई हामी निरन्तरता दिनेछौं ।’ दाह्री ग्याङ पोखरा संयोजक शेखर गौतमले भने ।

‘स्वच्छ सुन्दर हराभरा, सफा हाम्रो पोखरा’ नाराका साथ सुरु भएको यो अभियानमा फोहोर संकलनमा पोखरा लेखनाथ महानगरपालिकाको साथ रहने अपेक्षा समूहले गरेको छ । सदस्य विक्रम पाण्डेले अन्यथा डस्टबीन भरिएर पनि सरसफाई शाखाबाट फोहोर ननिकालेको खण्डमा मेम्बरहरु आफै उपस्थित भएर फोहोर फाल्ने बताए ।समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना लगायतका कार्यक्रम गरिसकेको छ । पोखराका सदस्यहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् । सोमबारको कार्यक्रमको सञ्चालन सदस्य महेन्द्र पहारीले गरेका थिए ।

साभार :-पोखरा अनलाइन न्युज


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...