शहीद धर्मपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक पुगे |

अन्य

शहीद धर्मपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक पुगे |

अप्रिल १ काठमाडौँ :- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद डम्बर गुरूङकी धर्म पत्नि पार्वती गुरूङलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।मृगौला र श्वप्रश्वासमा समस्या आएपछि एक सातादेखि उपचाररत गुरुङको स्वास्थ्य अवस्था बुझ्न आइतबर अपरान्ह अध्यक्ष प्रचण्ड थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुगेका हुन ।

चितवनको शारदानगरका शहीद परिवार गुरूङको स्वास्थ्यउपचारमा कुनै कमि हुन नदिन पनि अध्यक्ष प्रचण्डले अस्पतालसँग भनेको बताइएको छ ।शहीद गुरूङ ‘जनयुद्धका’ क्रममा २०५९ कार्तिक २५ गते चितवनको चण्डी भञ्ज्याङमा शाहदत भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...