चितवनमा किनमेल गरि फर्केका एक चेपाङ्ग किशोरी बलात्कृत |

अपराध

चितवनमा किनमेल गरि फर्केका  एक चेपाङ्ग किशोरी बलात्कृत |
माघ ७ चितवन:- चितवनमा एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा मंगलबार बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ । मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६ गते धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले जंगलको बाटो हिँडिरहेको मौका छोपेर दुईमध्ये १६ वर्षीया किशोरीलाई कब्जामा लिएका थिए । ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...