कतारमा छेलो प्रतियोगिता सम्पन, स्यांग्जाका दिनेश गुरुङ प्रथम स्थान हासिल गरि यसबर्षको म्रू (राजा )घोषणा हुने |

अन्य

कतारमा छेलो प्रतियोगिता सम्पन, स्यांग्जाका दिनेश गुरुङ प्रथम स्थान हासिल गरि यसबर्षको म्रू (राजा )घोषणा हुने |

डिसेम्बर २३ कतार :-तमु (गुरुङ) समाज, कतारको संरक्षकत्वमा स्थापित तमु खेलकुद समितिको आयोजनामा  २२ डिसेम्बर शुक्रवारका दिन खी ल्हो वर्षको तमु म्रु (गुरुङ राजा) छान्ने कार्यक्रम सम्पन्न भएको छ ।विगतका वर्षहरुमा जस्तै तमु ल्होसारलाई पृथक र तमुहरुको प्राचीन संस्कार झल्काउँदै परम्परागत रुपमा मनाउने सन्दर्भमा छेलो फाल्ने खेल आयोजना गरेको हो ।उक्त कार्यक्रममा प्रतियोगी सबै जनालाई कार्यक्रमको नियम बारेमा जानकारी दिनु भै तमु खेलकुद समितिको उपाध्यक्ष पुर्ण गुरुङले खेल संचालन गर्नु भएको थियो ।

25674046_534683346888834_1096326805_n उक्त खेलमा जम्मा १४ जनाले भाग लिएका थिए ।त्यस मध्ये सबैलाइ क्रमश ३ पटक सम्म पालैपालो हान्ने क्रममा प्रथम स्थान हासिल गर्न सफल बिरुवा गाउपालिका ४, खुदि स्याङ्जाका श्री दिनेश गुरुङ हुनुहुन्थ्यो भने दितिय स्थान हासिल गर्न सफल काठमाडौँ १६ बनस्थलिका श्री अशोक गुरुङ हुनुहुन्छ । दुबै जनालाइ सामुहिक रुपमा बिजय हासिल गरेकोमा बधाइ सुभकामना व्यक्त गर्दै यहि Dec २९ तारिखका दिन सामुहिक रुपमा खी ल्होसार मान्ने दिनमा सम्मान सहित घोषणा गर्ने जानकारी गरिएको समाजका महासचिव तथा प्रचार प्रसार संयोजक खुसीमान गुरुङले बताउनु भयो |

25675332_534683286888840_381779079_n उक्त कार्यक्रममा सस्थाको सल्लाहकार द्वय बुद्ध गुरुङ, आस बहादुर गुरुङ, केन्द्रिय अध्यक्ष रस (शिब) गुरुङ, तृत्तिय उपाध्यक्ष तथा तमू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरीकाजी गुरुङ, महासचिव खुसी गुरुङ, तमु खेलकुद समितिका अध्यक्ष सुर्य गुरुङ, उपाध्यक्ष पुर्ण गुरुङ, खेलकुद मेनेजर तथा पच्यु चिब निल गुरुङ, तमु सास्कृतिक परिवारका अध्यक्ष मदन गुरुङ, पुर्वाञ्चल सम्पर्क समितिका सयोजक केसरसिङ्ह गुरुङ, मानर्थ सदस्य द्वय पदम थापा मगर, सुर्य थापा लगायत अन्य दाजुभाइ तथा महिला चेलीबेटीहरुको बाक्लो उपस्थिति रहेको थियोे । अन्त्यमा तमु खेलकुद परिवारको अध्यक्ष श्री सुर्य गुरुङ ज्युले कार्यक्रम सफल बनाउन उपस्थित समाजका पदाधिकारी, प्रतियोगीहरु, दर्शकहरु सबैलाइ कार्यक्रम सफल बनाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...