पौडी खेल्ने क्रममा एक युवक नारायणी नदीमा बेपत्ता |

अन्य

पौडी खेल्ने क्रममा एक युवक नारायणी नदीमा बेपत्ता |

मार्च ०२ चितवन :-होलिका दिन पौडी खेल्न नारायणीमा पौडी खेल्ने क्रममा एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।

भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...