रातारात निर्माण गरिएको ४ करोडको अस्थाई भवन भत्काउने |

देश

रातारात निर्माण गरिएको ४ करोडको अस्थाई भवन भत्काउने |
अप्रिल २६ बुटवल :-लुम्बिनी विकासको गुरूयोजना विपरीत ४ करोड रूपैयाँ खर्च गरेर बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्माण प्रक्रिया शुरू भएसँगै भत्काइने अधिकारीहरूले बताएका छन्।आउँदो हप्ता लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीका लागि भन्दै त्यहाँ बनाइएको सभाहल सम्भवतः सरकारी निकायबीच समन्वय नहुँदाको एउटा नतिजा भएको लुम्बिनी विकास कोषका एकजना अधिकारीले बताएको छ । सो अस्थायी सभाहलका लागि चार करोड रूपैयाँ यस्तो समयमा खर्च गरीएको छ ठिक यही समयमै अस्थायी हल नजिकै अर्को स्थायी सभाहल बनाउने भनि करिब २७ करोड रूपैयाँमा ठेकेदारलाई ठेक्का दिइएको छ। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, "लुम्बिनीमा स्थायी सभाहल बन्दैछ भन्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई दिइएको भए अस्थायी सभाहल बन्ने नै थिएन।"तर लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले त्यो स्थानबाहेक लुम्बिनीको अन्य कुनै स्थानमा उक्त अस्थायी सभाहल बनाएको भए भत्काउनपर्ने अवस्था नआउने बताए।अहिले अस्थायी रूपमा जुन स्थानमा सभाहल बनाइएको छ त्यो गुरूयोजनाले उ थान्त हल निर्माणका लागि छुट्ट्याएको स्थान हो।भट्टराईले उ थान्त हल निर्माणको लागि भारत सरकारसँग कुरा भइरहेको पनि बताए। यस विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै भनेका छन्, "यो हल तीन दिनका लागि होइन अर्को पक्की हल नबनेसम्मका लागि हो र अर्को पक्की हल बन्न तीन वर्ष लाग्छ।"लुम्बिनी विकासबारेका जानकारहरूका अनुसार लुम्बिनी गुरूयोजना अनुसार उ थान्त अडिटोरियम हल निर्माणका लागि सहयोग जुटे तीन महिनामा पनि अस्थायी हल भत्कन सक्छ। bbc news

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...