इटहरीमा २ नेपाली सेनाको शंकाश्पद मृत्यु |

अन्य

इटहरीमा २ नेपाली सेनाको शंकाश्पद  मृत्यु |

मार्च २७ काठमाडौँ :- सुनसरीको इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतनामा कार्यरत २ सैनिकको रहस्यमय मृत्यु भएको छ ।पृतनाभित्र रहेको पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएका ३० बर्षीय मदन विक र दोलखवहादुर चन्दको मृत्यु भएको हो ।अस्पताल पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । विक र चन्दको मृत्युको कारण खुलेको छैन । उनीहरुको ठेगाना र सैनिक पद पनि खुलाइएको छैन ।

सामान्यतया सैनिकहरुलाई पौडी खेल्न सिकाइने भएकाले डुुबेर मृत्यु भएको हो वा होइन भन्ने विषय नै शंकास्पद भएको एक चिकित्सकले बताए । राती माछा मार्न प्रयोग गरिएको करेण्टको कारण उनीहरुको घट्ना स्थलमा मृत्यु भएको बताइएपनि पृतनाको पोखरीमा माछा मार्न करेन्ट लगाइरहनुपर्ने आवश्यकता समेत नभएकोले सो घट्ना झनै रहस्यमय बनेको छ ।

। उनीहरुको मृत्युको कारण पोष्टमार्टम र डाइटम टेस्ट पछिमात्र खुल्ने चिकित्सकले बताएका छन् ।तर, नेपालमा डाइटम टेस्ट गर्ने दक्ष फरेन्सीक चिकित्सकहरु भएपनि प्रविधि नभएकाले विदेशको फरेन्सिक ल्यावमा लैजानु पर्ने चिकित्शकले बताएका छन् ।

साभार :- कान्तिरपुरबाट


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...