होलीको रमाइलो गर्दा छतबाट खसेरा एक बालकको मृत्यु |

अन्य

होलीको रमाइलो गर्दा छतबाट खसेरा एक बालकको मृत्यु |

मार्च १ पोखरा :- पोखरामा होलि खेल्दा एक जना वालकको ज्यान गएको छ । होली खेल्ने क्रममा घरको छतबाट खसेर ११ बर्षीय वालकको मृत्यु भएको हो ।कास्की प्रहरीका अनुसार होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी मृत्यु भएको छ ।

छतबाट खसेका उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । दुई तले घरको छतबाट खसेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनी गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...