पांच लाखको प्रिमियम तिरेर बिमा गर्दा दुर्घटनाबाट मृत्यु भएका परिवारलाई ८२ लाख भुक्तानी पाए |

अन्य

पांच लाखको प्रिमियम तिरेर बिमा गर्दा दुर्घटनाबाट मृत्यु भएका परिवारलाई  ८२ लाख भुक्तानी पाए |

जनवरी ६ गुल्मी :- जिवन विमाको महत्व नबुझेकाहरुलाई वित्थै पैसा किन फसाउने हो रु वा कतै ठगिने त होईन ? भन्ने लाग्न सक्छ । तर जव त्यसको प्रत्यक्ष फाईदा प्राप्त हुन्छ तव एकदम ठिक गरिए छ भन्ने लाग्छ ।सुर्य लाईफ ईन्सुरेन्स कम्पनी बुटवलले हिजो विहिवार एक परिवारलाई त्यही अनुभुति दिलायो । छ महिना अघि मात्र ४ लाख ९९ हजार ७५ रुपैयाँ बुझाएर आफ्नो जिवन विमा गराएका वुटवल–१३ निवासी राजकुमार श्रेष्ठको कार्तिक–२ गते नारायणी नदिमा श्रद्धा गर्न जाँदा नुहाउने क्रममा डुवेर मुत्यु भएको थियो ।

१५ वर्षे ५० लाखको विमा खाता खोलेका श्रेष्ठका परिवारले माग दावि भुक्तानीका लागि निवेदन दिए पछि उक्त कम्पनीले ८२ लाख १० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । गत असार महिनामा श्रेष्ठले जिवन विमा गरेका थिए । विमा गरेको ६ महिना नपुग्दै उनको त्यसरी मृत्यु भए पछि परिवारजनले यति ठुलो रकम प्राप्त गरेका हुन् ।

अर्घाखाँचीको सन्धीखर्क–१ स्थायी घर भई बुटवल बस्दै आएका श्रेष्ठ परिवारका सदस्यलाई मृतक आफन्त प्रतिको वियोगको पिडा भए पनि आर्थिक रुपमा भने राहत प्रदान भएको उनीहरुले बताए ।

उक्त चेक सुर्य लाईफ ईन्सुरेन्स कम्पनी वुटवल एरिया शाखा प्रवन्धक वुद्धबहादुर सुर्यवंशीले परिवारजनलाई हस्तान्तरण गरेका थिए । हस्तान्तर गर्दै उनले जिवन विमा महत्व र त्यसो दिर्घकालिन फाईदा वारे प्रकाश पारेका थिए ।सो कम्पनीका वुटवल एरिया प्रमुख वुद्धबहादुर सुर्यबंशीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रमा वुटवल शाखा प्रमुख जुना कुँवरको स्वागत मन्तव्य र भैरहवा शाखा प्रमुख धर्मराज आचार्यको सञ्चालन रहेको थियो ।

साभार :-ईनेपाल पोस्ट


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...