अन्तत शुरु भो पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम ।

अन्य    स्थानीय

अन्तत शुरु भो पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम ।

नोवेम्बर १४ पोखरा :- नेपालीहरुलाई चुनावीले तताइरहेका बेला चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनीले पोखरा विमानस्थल निर्माणको काम अघि बढाएको छ ।आइतबारदेखि डोजर, एक्साभेटर, लोडर र ट्रिपर लगायत उपकरण विमानस्थल निर्माणमा परिचालन भएका छन् ।चिनियाँ संस्कृतिअनुसारको पूजा गरी ती उपकरण र मजदुरलाई जमीन सम्याउन खटाएको जानकारी ठेकेदार कम्पनीका तर्फबाट पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले दिए । पोखरा विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले चिनियाँ पूजापछि निर्माणको उद्घाटन गरेका थिए ।

याङका अनुसार दर्जनभन्दा बढी उपकरण र सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण काममा लगाउने उनले सुनाए । मजदुरीमा अधिकांश नेपाली खटिएको पनि उनले बताए । ‘हिउँदयामसम्ममा जमीन सम्याएर भ्याउने हो,’ उनले भने ।चीन सरकारसँग ऋण सम्झौता लगायतका प्रक्रिया पूरा भएपछि निर्माण थाल्न याङ नेतृत्वको चिनियाँ टोली गएको साउनदेखि पोखरा आएको थियो । आएलगत्तै कर्मचारीका लागि आवास र कार्यालयका प्रयोजनको अस्थायी भवन निर्माणमा टोली जुटेको थियो ।

उक्त काम पूरा भएलगत्तै ठेकेदार कम्पनीले विमानस्थलको मुख्य कामतिर पाइला सारेको हो । ‘नेपाल सरकारले पूरा गर्नुपर्ने केही प्रक्रिया त बाँकी नै छन्,’ याङले भने, ‘पूर्वाधार निर्माणको मुख्य काम सुरु गर्ने तयारी स्वरुप जमीन सम्याउन सुरु गरेका हौं ।’चीन सरकारको अनुदानसमेत रहेको परियोजना भएको हुँदा आफूहरु गम्भीर भएर निर्धारित समयमा काम पूरा गर्न दत्तचित्त रहेको साइट म्यानेजर झाङ फेङले सुनाए ।

मुख्य प्रवेशद्वार भएका ठाउँमा नेपाली सैनिक खटाइएको भए पनि विमानस्थल निर्माणस्थलमा अन्तबाट जोकोही प्रवेश गर्नसक्ने अवस्था छ । तारबार नभएका सबैठाउँमा बार लगाउने र अनावश्यक व्यक्ति प्रवेश रोकेर काम गर्ने ठेकेदार कम्पनीका अधिकारीले बताएका छन् । हिउँदभित्रै जमीन सम्याएर भ्याएपछि अरु पूर्वाधार निर्माणको रुपरेखा बन्ने याङले सुनाए ।विमानस्थलका लागि आवश्यक जमीनको मुआब्जा वितरण पूरा भएको आयोजना प्रमुख अधिकारीले दिए । केही महिनाअघि ५० रोपनी जमीन अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ र ४० वर्षअघि ३१ सय ५० रोपनी जमीन अघिग्रहण भएको हो ।

विमानस्थल निर्माणका लागि तत्कालीन पञ्चायती सरकारले पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा ३१ सय ५० रोपनी जमिनि अधिग्रहण गरेको हो । २०६२-६३ को आन्दोलनपछि देशमा परिवर्तन भएलगत्तैको पहिलो संविधान सभाबाट निर्वाचित सरकारका प्रमुख पुष्पकमल दाहाल प्रचण्डले पोखरा विमानस्थल निर्माण अघि बढाउन चासो दिएका थिए ।

samadhan


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...