थाकसाद्वारा आन्दोलनको घोषणा ,काठमाडौँ सहीत थरुहट जिल्लाहरुमा शान्ति पूर्ण धर्ना गरिने ।

मूलबासि /भूमिपुत्र

थाकसाद्वारा आन्दोलनको घोषणा ,काठमाडौँ सहीत थरुहट जिल्लाहरुमा शान्ति पूर्ण धर्ना गरिने ।
फागुन २३ काठमाडौं:-थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । थाकसले पहिलो चरण अन्तरगत शान्तिपूर्ण विरोधको कार्यक्रम घोषणा गरेको छ । शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्तरगत फागुन २४ गते भोलि (शुक्रबार) काठमाडौं उपत्यका (माईतीघर मण्डलामा)लगायत थरुहट तराईका सम्पूर्ण जिल्लाहरुको सदरमुकाम तथा प्रमुख शहरहरुमा दिउँसो ३ बजे विरोध सभा तथा धर्ना कार्यक्रम र फागुन २५ गते शनिबार थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको बहृत बैठकबसी संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्नका लागि काठमाडौं उपत्यकासहित प्रत्येक जिल्लाहरुमा वृहत बैठक गर्ने निर्णय गरिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए । महामन्त्री चौधरीले थरुहट/थारुवान आन्दोलन र हिजोको अदालतको फैसलालाई मध्यनजर गर्दै शान्तिपूर्ण संघर्षका कार्यक्रम घोषणा गरिएको बताए ।साथै थाकसले विशुद्ध संविधानको अन्तरवस्तु पहिचान सहितको नामाङकन, सीमाङकन एवंम अधिकारका लागि शान्तिपूर्ण आन्दोलनरत राजनीतिक अभियानलाई अपराधिक तथा फौजदारी मुद्धा बनाई अदालतले फैसला गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । थाकसले टिकापुर घटना बारे सत्य, तथ्य छानविन गर्नका लागि तत्कालिन सरकारले पूर्व न्यायधीश गिरिशचन्द्र लाल दासको नेतृत्वको न्यायीक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मावन अधिकार आयोगको प्रतिवेदनहरु सार्वजनिक नगरी अवज्ञा गर्दै न्यायलयको फैसला आउनु दुर्भाग्यपूर्ण भनेको छ । साथै थाकसले सरकार र सरोकारवाला राज्यका अंगहरुलाई वैधानिक, सामाजिक राजनीतिक संगठनको कार्यक्रम एवंम अभियानहरुलाई असामाजिक र शसस्त्र आतंकारी संगठनहरु जस्तो व्यवहार अविलम्ब बन्द गर्दै छलफल, वार्ता र संवादबाट राजनीतिक सहमती र निर्णयबाट १३ बुँदे माग मुद्धा पुरा गरी झुठ्ठा मुद्धाहरु अविलम्ब फिर्ता र खारेजी गर्न माग समेत गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...