किरात राई समुदायले इजरायलमा भब्य रुपले मनाए ५०७८ येलेदुंग उभौली साकेला पर्व |

मूलबासि /भूमिपुत्र

किरात राई  समुदायले इजरायलमा भब्य रुपले मनाए ५०७८ येलेदुंग उभौली साकेला पर्व |
मे १४ तेल -अभिव :-बैदेशिक रोजगारको शिलशिलामा ईजरायलमा रहेका किरात राईहरुको पर्व साकेला भब्य रुपले जातीय पहिचानलाई प्रस्ट झल्काउने गरि भब्य रुपले मनाए |किरात राई यायोख्खा इजरायलको योजनामा तेल अभिव तखाना मर्काजिको हलमा सम्पन्न कार्यक्रममा सस्थाका सस्थापक सल्लाहकार दीप कुमार राईको अगुवाईमा पबित्र भुमि पुजाबाट शुरु गरिएको कार्यक्रम ५०७८ येलेदुंग उभौली साकेला सिलीमा प्रमुख अतिथि नेपाली राजदुताबासका दित्तीय सचिव आस्था सुब्बा ,बिशेस अतिथिहरु एन आर एन इजरायलका अध्यक्ष छिरिङ्ग शेर्पा ,नेपाल आदिबासी जनजाती महासघ इजरायलका दित्तीय उपाध्यक्ष तारा काउचा मगरबाट संयुक्त रुपमा दीप प्रज्वलन गरि विधिवत रुपमा संचालन भएको थियो | कार्यक्रममा इजरायलमा स्थापित संघ ,सस्थाका नेतृत्व वर्ग तथा प्रतिनिधिहरु,इजरायलबासि अरु समुदायका नेपालीहरु तथा किरात समुदायको बाक्लो उपस्थिति रहेको थियो | नेपालबाट आमन्त्रित गायक तथा संगीतकार भिषण मुकरुंग ,गायिका निलिमा सङ्गपाङ्ग राईको प्रस्तुत गर्नुभएको सांगीतिक प्रस्तुति सराहनीय योग्य थिए भने स्थानीय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुत गर्नु भएको थियो |स्मरण रहोस किरात राई यायोख्खा इजरायलले स्थापना भए देखि नै बर्षको २ पटक उभौली र उधौली निरन्तर रुपमा मनाउदै आईरहेको छ | यस अवसर पारेर किरात राई यायोख्खा इजरायलको नया कार्यसमिति घोषणा गरेको थियो |   नया कार्य समिति यस प्रकार रहेका छन् :-

१ अध्यक्ष: - बबिना राई २ प्रथम उप अध्यक्ष:- उपेन्द्र राई ३ दितिय उप अध्यक्ष :- मैया राई ४ महासचिव: - सैलेन्द्र राई ५ सचीव: - इन्दु राई 6 कोषअध्यक्ष: - चन्द्र कला राई ७ सहकोषअध्यक्ष: - देब कुमार खालिङ्ग राई सदस्यहरु : - मिना देबि राई, सरिता राई, निलिमा राई करुना राई सुस्मा राई , माया राई, रुपा राई निता राई , रेखा राई ,अमृत राई


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...