दुबईमा थारु समुदायको महान चाड माघी भब्य रुपले मनाउने तयारी |

मूलबासि /भूमिपुत्र

दुबईमा थारु समुदायको महान चाड माघी भब्य  रुपले मनाउने तयारी  |
डिसेम्बर १९ दुबाई:- "थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान " भन्ने मुल नाराको साथ बिगतका बर्ष हरुमा झै यस बर्ष पनि थारु कल्याणकारीणी सभा यु,ए,ई, ले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ आठौं वाषिर्क भेला माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ । १७ जनवरी २०२० शुक्रबार का दिन स्थानिय समयनुसार मध्यान १ बजे देखी कार्यक्रम CArlton tower Hotel , देरा DUBAI मा गरिने छ । अतिथी कलाकार स्वदेशि तथा बिदेशी पाहुना हरुको आगमन संगै चर्चित गितकार , संगितकार का धरोहर का रुमपा चिनिएका गायक देवकृष्ण विश्वास ज्युको धमाकेदार प्रस्तुती का साथ निकैनै चर्चा कमाउन सफल भएको अनु चौधरी को प्रस्तुतिमा यश कार्यक्रम अगाडि बढनेछ , साथै स्थानिय कलाकार लोक प्रिय गायक केशब राज महतो र गायक निसान चौधरीको बेजोड प्रस्तुति पनि रहनेछ ! ''' माघेसङ्गक्रान्ती (माघी) लाई थारु समुदायले नया बर्ष को रुपमा मनाउने गर्दछन । माघिमा मौलिक संसकृति सखिया, झुमरा , लाठि नृत्य (stick dance ) प्रदर्शन र रमाईलो गरि मिठा मिठा परिकार हरु खाई यो पर्व मनाउने प्रचलन अनुसार बिगत का बर्ष झै यो बर्ष पनि यु,ए,ई, मा रहेका थारु समुदाय ले मनाउने छ । था.क.स.यु.ए.इ को प्रचार प्रसार बिभाग प्रमुख अनुराग थारु ज्यु ले जानकारी दिनु भएको छ। साथमा सम्पुर्ण यु,ए,ईबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई  निमन्त्रणा सहित कार्यक्रमा उपस्थित हुनका लागि आग्रह गर्नु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...