बिस्व नेवा दिवस तथा नेवा :खल इजरायलको अधिबेशन भब्य रुपमा सम्पन्न |

मूलबासि /भूमिपुत्र

बिस्व नेवा दिवस तथा नेवा :खल इजरायलको अधिबेशन भब्य रुपमा सम्पन्न |
मार्च ३१ तेल अभीव :- बिस्व नेवा दिवसको अवसर पारेर नेवा:खल इजरायलको ८ औ अधिबेशन २९ मार्च २०१९ शुक्रबार नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कार्यालय तेल अभीवमा भव्यरुपमा सम्पन भएको छ |कार्यक्रम नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ, बिशेष अतिथि गैर आवासीय नेपाली संघ इजरायलका महासचिब तेन्जिन शेर्पा लगायत विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो | रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवार समुदायको संस्था नेवा:खल इजरायलले नयाँ अनुहारका साथमा फेरबदल गर्दै नयाँ नेतृत्व चयन गरेको छ । कार्यक्रमको उदघाटन सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठ , प्रमुख अतिथि नेआज महासंघका अध्यक्ष नरेश कुमार श्रेष्ठ र बिशेष अतिथि गैर आवासीय नेपाली संघ इजरायलका महासचिब तेन्जिन शेर्पाबाट संयुक्त रुपमा पानसमा दिप् प्रज्वलनका साथै केक काटेर कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरिएको थियो |कार्यक्रम उदघाटन लगतै अतिथिहरुलाई नेवा:खल इजरायलकी बरिष्ठ उपाअध्यक्ष शुनिता श्रेष्ठले स्वागत गरेका थिए ,भने शुभकामना मन्तब्य पमुख अतिथि, बिशेष अतिथि र अन्तरास्ट्रिय तामांग परिषदका उपा अध्यक्ष बीबी लामा तामांगले बिस्व नेवा दिवसको शुभकामना मन्तब्य राखेका थिए | कार्यक्रमको अन्त्यमा सभापति नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले बिस्व नेवा दिवशको शुभकामना साथै उपस्थीत सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन संगै १८/ १९ को कार्यसमिति भंग भएको घोषणा संगै दोस्रो चरणको कार्यक्रम सुरु भएको थियो | कार्यक्रमको संचालन नेवा:खालकी महासचिब मनु श्रेष्ठले संचालन गरेकी थिईन |

दोस्रो चरणको कार्यक्रम:-

पाच सदस्य निर्बाचन समितिको संयोजकमा NRNA इजरायलका महासचिब तेन्जिन शेर्पा थिए भने सदस्यहरुमा KYC इजरायलकी अध्यक्ष गीता तुम्हाफे, तमु समाज इजरायलकी अध्यक्ष आशमाया तमुस्यो हेल्मो समाज इजरायलकी अध्यक्ष पेमा डोल्मा हेल्मो र नेपाल मगर संघ इजरायलकी अध्यक्ष लिला थापा रहेका थिए, भने पर्यबेक्षकमा शेर्पा संघ इजरायलकी उप-अध्यक्ष लमु शेर्पा, राई यायोखा इजरायलकी महासचिब इन्दु कोयु राई श्रेष्ठ र नेपाल तामांग घेदुंग इजरायलकी उप- अध्यक्ष सारा लामा रहेका थिए | यस संगै नेवा:खल इजरायलको अधिवेशन मार्फत मनु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।निर्बाचित नया कार्यसमितिलाई निर्बाचन समितिका संयोजक तेन्जिन शेर्पाले नेपाल भाषामै सपथ ग्रहण गराएका थिए |

अध्यक्ष :- मनु श्रेष्ठ

बरिष्ठउपाअध्यक्ष सुनिता श्रेष्ठ

उपाअध्यक्ष:- शंकर श्रेष्ठ,उषा श्रेष्ठ

महासचिव:- बिमला श्रेष्ठ सचिब:- स्वस्तिका श्रेष्ठ

कोषाध्यक्ष:- कुशुम श्रेष्ठ

सह कोषाध्यक्ष :-राम प्रधान

सदस्य:- शान्ता श्रेष्ठ, गोमा श्रेष्ठ, राजु श्रेष्ठ , ज्योती प्रधान, टंक श्रेष्ठ , माया श्रेष्ठ , लक्ष्मी बहादुर श्रेष्ठ, राज कुमारी श्रेष्ठ र मीरा थापा श्रेष्ठ साधारण सदस्य:- माया श्रेष्ठ, अरुना श्रेष्ठ, ललिता श्रेष्ठ , शोभा श्रेष्ठ, खड्क श्रेष्ठ , नीरू महर्जन र दुर्गा दिब्या श्रेष्ठ

संरक्षक:- आरोह श्रेष्ठ, पुष्प श्रेष्ठ र नरेश कुमार श्रेष्ठ

सल्लाहकार:- श्याम श्रेष्ठ , राजेन्द्र श्रेष्ठ र कादम्बरी दाना श्रेष्ठ

  फोटो /समाचार साभार :-अरोहा श्रेष्ठ (www.bbceonlinenews.com)  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...