बन्दिपुरमा तमु प्येताँ ल्हुताँ सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न |

मूलबासि /भूमिपुत्र

बन्दिपुरमा तमु प्येताँ ल्हुताँ सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न |
जुलाई १ मणी सरब्ज तमु तनहुँ :-तमु प्ये ल्हु संघ कोनासा, बन्दीपुर, तनहुँ इकाई शाखाको आयोजना, तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यता र कोनासा, बन्दीपुर इकाई शाखाका अध्यक्ष समन सिंह प्हच्यु तमुको अध्यक्षतामा तमु प्येताँ ल्हुताँ सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय पच्यु गुरु, क्ल्हेप्री गुरु , पैडी र चोंगीहरुले तमु प्येताँ ल्हुताँ एवं तमु मौलिक बोन धर्म, सांस्कार र सांस्कृतिको बारेमा प्रबचन गरेका थिए |   कार्यक्रम संयोजक तथा तमु प्ये ल्हु संघ साउदी अरब प्रबास शाखाका अध्यक्ष इन्द्र म्रु तमुले कोनासा, बन्दिपुरको गाउलेहरु र वरपरका छिमिकी गाउलेहरुलाई स्वागत गर्दै सो गाउँको तमु हरुले युगौंदेखि तमु भाषा बोल्दै आइरहेको र तमु मौलिक बोन धर्म अनुसार जन्म, बिवाह र मृत्यु संस्कार गरि आइरहेको तर आफ्नो मौलिक धर्म, संस्कार र सांस्कृति कुन धर्मसंग आधारित छ भन्ने बारेमा अन्जान रहेको हुँदा उक्त तमु प्येताँ ल्हुताँ अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो | कार्यक्रममा बोल्दै उक्त गाउँका आमा समुहकी अध्यक्ष धनमाया प्रु तमुस्यो, युवा समुहका सदस्यहरुले यो अन्तरक्रिया कार्यक्रममा सहभागी भएर तमु मौलिक बोन धर्म संस्कार, संस्कृति एवं प्येताँ ल्हुताँ बारेमा जानकारी पाएको महसुस गरेको र फेरी पनि निकट भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्न अनुरोध गर्दै आयोजक, प्रायोजक र तमु प्ये ल्हु संघ केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेका थिए | अन्तरक्रिया कार्यक्रमलाई भब्य रुपमा सफल बनाउनको लागि आर्थिक सहयोग सोहि गाउँको बैदेशिक रोजगारमा खाडी तथा अन्य मुलुकमा रहेको छोराछोरीहरुले गरेको हुन् जसमा मुख्य प्रायोजक जीत तमु र ओम तमु हुन् भने सह प्रायोजकमा तिर्थ तमु, सुजन तमु, सिंह तमु सेर बहादुर तमु, शंकर तमु, रमेश क्षेत्री, पवन तमु, मिन बहादुर तमु, मन तमु, कुमार तमु, किशान तमु, कमल तमु, दलिप तमु, विकास तमु र अन्य मनकारी तमुहरु छन् | कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय समिति र कास्की जील्ला कार्यसमिति एवं महिला समितिको सदस्यहरु, तमु मै ताँ टेलिभिजन कार्यक्रम एवं ह्वाइट लोटस स्टुडियोका प्रबन्ध निर्देशक युग तमु र तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सदस्य तथा स्वतन्त्र फोटो पत्रकार मणि लाल तमु सहभागी भएका थिए | जिल्ला समिति कास्कीको प्र.उपाध्यक्ष एवम् प्हच्यु तमु परिवार नेपालका महासचिव निम प्हच्यु तमुले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...