निर्माणधींन गुरुङ समुदायको आस्थाको धरोहर क्होईवो धींको लागि कतारबाट ने रु २६६१२२ हस्तान्तरण |

मूलबासि /भूमिपुत्र

निर्माणधींन गुरुङ समुदायको आस्थाको धरोहर क्होईवो धींको लागि कतारबाट ने रु २६६१२२ हस्तान्तरण |
श्रावण २९ ताप्लेजुङ:-''प्ये म्हस्या, छ्याँ म्हमु, छ्याँ म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ, म्हिं म्हमु (शस्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए, परम्परा हराउँछ, परम्परा हराए, हामी मानव जातिको अस्तित्व नै हराउँछ'' तमु (गुरुङ )समुदायको संस्कार/संस्कृतिलाई लोप हुनबाट बचाउनको लागी ,जगेर्ना, सम्बर्द्धन गरौँ, भन्ने हेतुले नेपालको सुदुर पुर्बी जिल्ला ताप्लेजुङको सदरमुकाम/फुङलीङ नगरपालिका वार्ड न्. ५, पिपलडाडामा तमु जातीको आस्थाको धरोहर निर्माणधिन क्होईवो धीको लागी कतारबाट आर्थिक सहयोग हास्तान्तरण गरेको छ |पुर्बी जिल्ला ताप्लेजुङमा पनि हामी तमु जातीको मौलिक पहिचानको आस्था प्रचार प्रसारको लागी निर्माणाधीन क्होईवोको लागी तमु प्ये ल्हु संघ, कतारमा आबद्ध रहनु हुने सम्पूर्ण पदाधिकारीज्युहरु, सदस्यज्युहरु एवं शुभचिन्तक बुद्धिजिबिज्युहरुको  स्वेच्छा अनुसारको ने .रु. २६६,१२२/- (दुइ लाख छैसठ्ठी हजार एक सय बाईस) आर्थिक सहयोग हस्तान्तरण गरेको छ | संकलित सहयोग रकम तमु प्ये ल्हु संघ कतार शाखाको निबर्तमान सस्थापक सदस्यहरु छत्र भुच्चा तमु, भरत ल्हेगे तमु, नर कुमार तमु र खेगी बिक्रम ल्हेंगे तमुको उपस्थितिमा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति ताप्लेजुङको अध्यक्ष युगराज ल्हेंगे तमु र कोषाध्यक्ष उपेन्द्र प्हच्यु तमु हरुलाई हस्तान्तरण गर्नु भएको थियो l यस सहयोग रकम संकलन गर्नु हुने ताप्लेजुङ जिल्लाबासी हाल कतारमा कार्यरत तमु प्ये ल्हु संघ कतारको सह सचिब रन्जित क्रोम्छें तमु र तमु प्ये ल्हु संघ कतारको सम्पूर्ण मनकारी सहयोगी पदाधिकारी सदस्यज्यूहरुलाई धन्यबाद ब्यक्त गर्नु भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...