लमजुङ समाज युएईले लमजुङ जिल्लामा स्थपित स्थानीय कोभिड – १९ राहत कोषमा चार लाख सहयोग ।

विदेश

लमजुङ समाज युएईले  लमजुङ जिल्लामा स्थपित स्थानीय कोभिड – १९ राहत कोषमा चार लाख सहयोग ।
जुन ४ मनु कोंमे तमु युएई :- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको मध्ये नजर राख्दै लमजुङको स्थानीय तहमा स्थपित कोभिड १९ कोरोना भाइरस राहत कोषमा लमजुङ समाज युएईले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।युएईमा रोजगारी ,विभिन्न पेशा र व्यवसायीको सिलसिलामा रहेका लमजुङेहरुले परदेश युएईमा रहेका लमजुङ जिल्लाबासीहरु तथा नेपालीहरु पिडामा र बिचल्लीमा परेका बेला सहयोग गर्ने र परदेश बाटै लमजुङ जिल्लामा आइपर्ने विभिन्न बिपत्तिमा परेका,समस्यमा परेकाहरुलाई केहि सहयोग गर्ने उद्देश्यका साथ स्थपित लमजुङ समाज युएईले स्थापनाकाल देखी नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसै बिषम स्थिति लाई मध्ये नजर राख्दै बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले गरेको लकडाउनले समस्यामा परेका नागरिकहरुलाई खाद्यान्न लगायत राहत बितरणको लागी लमजुङ समाज युएईले नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ मार्फत ४ लाख रुपैयाँ सहयोग पठाएको छ । लमजुङ समाज युएईका अध्यक्ष बाबुराम सापकोटाले लमजुङका ८ वटै स्थानीय तह लाई बराबरी रुपमा ५०/५० हजार रुपैयाँ कोरोना राहत कोषमा सहयोग गरेको र यो सहयोग लमजुङ समाज युएईसंग सम्पर्कमा रहेका लमजुङे दाजुभाइ तथा दिदीबहिनीबाट संकलन गरि आफ्नै जन्मभूमिमा लकडाउनका कारण अति समस्यामा परेकाहरुलाई सहयोगका लागि पठाएको बताएको छ भने लमजुङ समाज युएईका प्रमुख संरक्षक भिम सबिनय गुरुङ,संरक्षक राजु घले,संरक्षक मुक्ति गुरुङ , संरक्षक अर्जुन बहादुर गौली र उपाध्यक्ष आइत गुरुङले युएईमा कोरोना भाइरस महामारीको कारण जोखिम र लकडाउनको समस्या रहे पनि आफ्नै जन्मभूमिका गरिब , असाहय तथा दैनिक ज्यालादारी गरि खाने मजदुर परिवारहरुलाई केही सहयोग र राहत पुगोस भनी सबै संग रकम संकलन गरेर पठाएको बताएका छन। त्यसैगरि लमजुङ समाज युएईले विनासकारी भूकम्पका कारण लमजुङमा ज्यान गुमाएकाहरुका परिवारलाई ४०/४० हजार रुपैयाँका दरले सहयोग गरेको थियो भने २ बर्ष अगाडी युएईमा भाग्यले बाँचेकाहरु बृत्तचित्र प्रदर्शन गरेर संकलन गरेको १ लाख १ हजार १ सय १ रुपैयाँ बेंसीशहर स्थित मानवसेवा आश्रमलाई सहयोग गरेको लमजुङ समाज युएईका निवर्तमान महासचिव एवं वर्तमान सल्लाहकार शिवजंग गुरुङले बताएका छ। लमजुङ समाज युएईले युएईमा विभिन्न कारण समस्यामा परेका, स्वदेशमा मृगौला, क्यान्सर लगायत रोगबाट ग्राषित भइ आर्थिक अवस्था निकै कमजोर भएकाहरुलाई सहयोग गर्दै आउनुको साथै विभिन्न परोपकारी संघसंस्था, असाहय नागरिकलाई सहयोग गर्दै आएको लमजुङ समाज युएईका संरक्षक राजु घलेले बताएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...