पुर्ब ताप्लेजुङ देखि पश्चिम कंचनपुर सम्मका तमु नेतृत्वहरु पोखरामा |

मूलबासि /भूमिपुत्र

पुर्ब ताप्लेजुङ देखि पश्चिम कंचनपुर सम्मका तमु नेतृत्वहरु पोखरामा |
कार्तिक २९ फिस्टेल न्युज पोखरा:-तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा खि ( कुकुर वर्ग) ल्होको बिदाइ र फो ( मृग वर्ग) ल्होको स्वागत स्वरुप पोखरामा मनाउन गइरहेको "बृहत तमु फो ल्होसार महोत्सव २०७५"को छलफलका लागि तमु नेतृत्वहरु पोखरा आइपुग्नु भएको हो ! संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुका अनुसार संघका जिल्ला अध्यक्ष र सचिवहरु पोखरा आउनु भएको हो ।उहाँका अनुसार तमु प्ये ल्हु संघ केन्द्रिय समितिको संयोजकत्वमा पोखरेली तमु समुदायले आगामी पुस १२ गतेदेखि १६ गते सम्म पोखरामा बृहत तमु फो ल्होसार महोत्सव मनाउदैछन । बिहीबार बिहान ७ बजेदेखि संघको केन्द्रिय कार्यलय फ-लि-ना क्होइबो शक्ति घाट रानिपौवामा सुरु हुनगैरहेको बैठकमा भाग लिनको लागि ताप्लेजुङ ,तेह्रथुम ,संखुवासभा ,मोरङ ,चितवन ,काठमाडौ ,नवलपरासी ,रुपन्देही ,बर्दिया ,रोल्पा ,कंचनपुर ,स्याङ्जा ,म्याग्दी ,तनहुँ ,गोर्खा ,लमजुङ ,कास्की लगायतका जिल्ला अध्यक्ष र सचिवहरुको बुधबार बेलुका नै पोखरा आगमन भैसकेको संघका केन्द्रिय कार्यबाहक महासचिव बुद्धि चह्म्रु तमुले बताउनुभयो । बैठकमा बृहत तमु फो ल्होसार महोत्सव २०७५ लाई भब्य रूपमा सम्पन्न गर्नकालागि जिल्ला समितिहरुको दायित्व र जिम्मेवारीको बिसयमा छलफल हुने केन्द्रिय सह सचीव लोकेन पह्च्यु तमुले जानकारी दिनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...