नेपाल मगर संघ शाखा इजरायलको सातौ बार्षिक उत्सव तथा चौथो महाधिबेशन जूम भिडियो कल मार्फत गर्ने।

जनजाती बिशेस

नेपाल मगर संघ शाखा इजरायलको सातौ बार्षिक उत्सव तथा चौथो महाधिबेशन जूम भिडियो कल मार्फत गर्ने।
जुलाई १० इजरायल :-''भेषभुषा,भाषा ,धर्म, संस्कृतीको संरक्षण एवम् बिस्व भरिका मगरहरुको एकता आजको आवस्यकता '' मगर समुदायको भाषा,धर्म,भेषभुषा, संस्कृति,पहिचान र परम्परालाई जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा सन् २०१३ मा स्थापना भएको नेपाल मगर संघ शाखा इजरायलको सातौ बार्षिक तथा चौथो महाधिबेशन  उत्सब कार्यक्रम मनाउने भएको छ।सम्पूर्ण बिस्व जगत कोभिड-१९ को त्रास र महामारीमा रहेको अवस्थामा जूम भिडियो कल मार्फत आगामी जुलाई १७ तारिक शुक्रबार गर्ने  र इजरायल सरकारको नियम तथा सामाजिक दुरीलाई ध्यानमा राखी नेपाल आदिबासी जनजाती महासंघ इजरायलको कार्यालयमा सिमित उपस्थित रहने सचिव बिबश आले मगरले जानकारी दिनु भएको छ। यस बिसम परिस्थितीमा सो कार्यक्रमलाई भब्यताको साथ् सफल बनाउन इजरायलमा कार्यरत सम्पूर्ण मगर दाजुभाई दिदी बहिनीहरु लगायात इजरायलमा रहेका,सामाजिक,धार्मिक संघ सस्था,सञ्चारकर्मीहरू साथै इजरायलबासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबैनीहरुलाई जूम भिडियो कल मार्फत सहभागी भैदिनुको लागी नेपाल मगर संघ शाखा इजरायलद्वारा अनुरोध गरेको छ । ''सातौ बार्षिक उत्सब कार्यक्रम'' मिती:-१७ जुलाई २०१९ शुक्रबार स्थान:-नेभेसनान ४७ तेल अभिव (जनजाती महासंघ कार्यालय )/ ZOOM  जूम भिडियो कल मार्फत समय:-सांझ ठिक ५ :४५ बजे आयोजक:-नेपाल मगर संघ शाखा इजरायल

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...