आदिबासी जनजाती महासंघ इजरायल तथा नेपाल मगर संघ इजरायल बीच भएको बार्ता सफल |

जनजाती बिशेस

आदिबासी जनजाती महासंघ इजरायल तथा नेपाल मगर संघ इजरायल बीच भएको बार्ता सफल |

जुलाई २९ तेल अविव :- आदिबासी जनजाती महासंघ इजरायल तथा नेपाल मगर संघ इजरायल बीच भएको बार्ता सफल भएको छ | अघिल्लो कार्यकालमा केहि बिषयहरुमा असन्तुष्टि र असहमति जनाई नेपाल आदिवासी जनजाती महासंघ इजरायलबाट अलग भएको जातीय संस्था नेपाल मगर संघ इजरायल हिजो २८ जुलाई २०१७ मा तेल अविवमा सम्पन्न महासंघ र मगर संघ इजरायल बीच छलफल र वार्ता पछि पुन: महासंघ अबद्दा भएको छ |२३ बिस्व आदिबासी दिवस नजिक आईरहेको अवसर तथा मगर संघ र महासंघ इजरायलको नेतृत्व परिबर्तन भए पछिको अवस्थामा भएको यस्तो एकताको आदिबासी जनजाती समुदायले सकारात्मक रुपले लिएको छ |सो बार्ता तथा छलफलका संयोजकद्वय ने .आ .ज . महासंघ इजरायलका अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यु र मगर संघ इजरायलका संरक्षक श्री तारा बहादुर कावचा मगर ज्युको संयोजकत्वमा सम्पन्न भएको थियो |

janajati त्यसै गरि ने. आ. ज. महासंघ इजरायल र मगर संघ इजरायल बीच बिगतमा भएको असमझदारी तथा असन्तुष्टि माथि छलफल गर्नको निमित्त महासंघमा आबद्द (७)जातीय संस्थाकोअध्यक्ष तथा प्रतिनिधि ज्युहरु लगायत र मगर संघ इजरायलका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको उपस्थितिमा महासंघका संस्थापक अध्यक्ष साथै पुर्व अध्यक्षहरु लगायत जनमुक्ति मंच इजरायलका केन्द्रीय सदस्य शरिन ख्युङ्बा तामाङ र किराँत याक्थुङ चुम्लुङ इजरायलका सस्थापक अध्यक्ष प्रताप मादेन लिम्बु ज्युको पहलमा एक आपसी समझदारीका साथ आगामी दिनहरुमा हामी सम्पूर्ण इजरायलवासी आदिवासी जनजातिहरु एक ढिक्का भएर जातीय पहिचानको मुद्दाहरुलाई राज्य समक्ष पुर्याउनको निमित नेपाल आदिवासी जनजाति महासंघ इजरायलमा आबद्द भै आर्थिक , नैतिक ,भौतिक रुपमा एक भै अगाडी बढ्ने सो प्रत्यक्ष वार्ताद्वारा निर्णय गरेको जानकारी महासंघका महासचिव नानी माया  योन्जन तामाङ्गले बताउनु भयो |

20496280_1623776574322981_897747273_n

20527305_1623776587656313_1922746078_n


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...