पूर्व प्रम क्रिर्तिनिधि बिस्ट रहेनन् ।

अन्य

पूर्व प्रम क्रिर्तिनिधि बिस्ट रहेनन् ।
नोवेम्बर ११ काठमाडौँ :-पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ।लामो समयदेखि क्यान्सरबाट पीडित ९० वर्षीय बिष्टको शनिबार बिहान साढे दस बजे ज्ञानेश्वरस्थित घरमै निधन भएको परिवारिक स्रोतले पुष्टि गरेको छ।पञ्चायत कालमा बिष्ट तीन पटक (२०२५-२०२६, २०२८-२०३० र २०३४-२०३६ सालमा) प्रधानमन्त्री भएका थिए। राजा महेन्द्र र वीरेन्द्रका विश्वास पात्र बिष्ट पञ्चायती व्यवस्था हटेसँगै राजनीतिबाट टाढा टाढिएका थिए। ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि (२०६१) मा डा. तुलसी गिरीसँगै बिष्ट शाही मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए।नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्ट हटाउन बिष्टले ठूलो भूमिका खेलेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...