चितवनमा एनसेलको टावरमा बम बिस्फोट |

अन्य

चितवनमा एनसेलको टावरमा बम बिस्फोट |

फेब्रअरी १३ चितवन :-चितवनको बछ्यौली (सौराहा) मा रहेको  एनसेलको टावरलाई लक्षित गरेर सोमबार राति कुकर बम बिस्फोट भएको छ । मध्ये रातीको समयमा अज्ञात समूहले टावरमा प्रेसर कुकर बम बिस्फोट गर्दा टावरको उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्थायिन शिवनारायण चौधरीको जग्गामा रहेको टवरमा भएको बिस्फोटबाट तल्लो सतहमा रहेका उपकरणमा क्षति पुगेको छ । बिस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्यूनिष्ट पार्टीले गरेको हुन सक्ने प्रहरी अनुमान छ । विप्लव समुहले चितवन सहित देशका विभिन्न क्षेत्रमा रहेका एनसेलका टावरमा आक्रमण गरिरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...