प्रधान न्यायाधिशले वरिष्ठ अधिवक्तालाई ज्यान मार्ने धम्कि |

अन्य

प्रधान न्यायाधिशले वरिष्ठ अधिवक्तालाई ज्यान मार्ने धम्कि |

जनवरी  ३१ काठमाडौँ :-प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै एकजना वरिष्ठ अधिवक्ता जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।बुधबार बिहान वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रधानन्यायाधीश पराजुलीबाट आफ्नो ज्यानको खतरा रहेको उल्लेख गर्दै भण्डारीले दिएको निवेदनमा सुरक्षाको माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको लागि आन्दोलनरत डा.गोविन्द केसीले दायर गरेको मुद्दामा वहस पैरवी गरेका कारण प्रधानन्यायाधीश पराजुलीले धम्की दिने गरेको वरिष्ठ अधिवक्ता भण्डारीले आरोप लगाएका छन् ।वहस गरेकै दिन २६ पुस साँझ ५ः३० बजे फोन गरेर प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

साभार :-एवेरेस्ट दैनिक


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...