गाउँ पालिका अध्यक्ष सहित ५ जना जिप दुर्घटनामा मृत्यु |

अन्य

गाउँ पालिका अध्यक्ष सहित ५ जना जिप दुर्घटनामा मृत्यु |

जनवरी  १५ काठमाडौँ :-संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी किनारमा खसेकाे थियाे ।स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

दुर्घटनामा मृतकहरुमध्ये नुस निवासी कटुवाल र अर्का व्यक्ति साेही गाउँपालिकाकाे गाेलेचाैरका सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले बताए ।अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे उनले बताए ।उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...