स्याङ्गजाका टबिन गुरुङले आठौ खेलकुद प्रतियोगिता तीन स्वर्ण पदक हात पार्न सफल ।

खेलकुद

स्याङ्गजाका टबिन गुरुङले आठौ खेलकुद प्रतियोगिता तीन स्वर्ण पदक हात पार्न सफल ।
अप्रील २४ पोखरा :-स्याङ्जाका टबिन गुरुङले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरीमा तीन स्वर्ण पदक जित्न सफल भएको छ ।नेपाल राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नं.५ प्रदेश अन्तर्गत नेपालगन्जमा चली रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता - २०७५/०७६ मा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका - ३ गौंडा (सल्यान) निवासी नेपाली सेनामा कार्यरत ( त्रिभुवन आर्मी क्लब) का टबिन कोन्मे गुरुङले आर्चरी खेल स्ट्यान्डर्ड मिक्स टिम,स्ट्यान्डर्ड मेन इन्टिभिजल र स्ट्यान्डर्ड मेन टिममा तीन स्वर्ण पदक हात पार्न सफल भएको छ। उनले यसअघि पनि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा खेलाएको स्व. लक्ष्मण कुमार श्रेष्ठ स्मृति पाँचौ इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिता - २०७५ मा पुरुष स्ट्यान्डर्ड तर्फ स्वर्ण पदक र टिम तर्फ कास्य पदक हात पारेका थिए । उनी खेलाडी मात्र नभइ एक कुशल मोडल पनि हुन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...