विश्वकपको आज सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउदै बेल्जियम तेस्रो स्थानमा |

खेलकुद

विश्वकपको आज सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउदै बेल्जियम तेस्रो स्थानमा |
जुलाई १४ रसिया:-रसियामा जारी फिफा विश्वकप फुटबलमा इङल्याण्डलाई हराउँदै बेल्जियमले तेस्रो स्थानमा रहँदै यात्रा टुंगाएको छ । आज राती तेस्रो स्थानका लागि भएको खेलमा इङल्याण्डलाई २–० गोल अन्तरले हराउँदै रसिया विश्वकपमा तेस्रो हुन सफल भएको हो ।सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । खेल सुरु भएको चौथो मिनेटमै थोमस म्योनियरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । पहिलो हाफमा बेल्जियमले १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पुनः एक गोल थप्दै बेल्जियमले अग्रता दोब्बर बनाएको थियो । खेलको ८२ औं मिनेटमा कप्तान इडेन हाजार्डले गोल गर्दै टिमको जित सुनिश्चित गरे । यसअघि समूह चरणको खेलमा पनि बेल्जियमले इङल्याण्डलाई पराजित गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...