संदिप लामिछानेले पहिलो खेलमै पार्थिक पाटेलको लिए विकेट |

खेलकुद

संदिप लामिछानेले पहिलो खेलमै पार्थिक पाटेलको  लिए विकेट |
मे १२ काठमाडौँ :-इण्डियन प्रिमियर लिग  क्रिकेटको डेब्यु खेलमै नेपाली लेग स्पिनर सन्दिप लामिछानेले विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सलाई दोस्रो सफलता दिलाउने क्रममा सन्दिपले रोयल च्यालेन्जर्स बैंङलोरका पार्थिव पटेललाई एलबी डब्लु धरापमा पारे । इनिङ पहिलो ओभर लिएरै मैदानमा उत्रिएका सन्दिपले दोस्रो ओभरमा दिल्लीलाई सफलता दिलाए । सन्दिपले ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका छन् । उनले दुई चौका र एक छक्का मात्र खाएका छन् । चितवन घर भएका सन्दीप पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडीको इतिहास रचेका छन् । सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो । ११ खेल सम्म बेन्चमा बसेका सन्दीपले आज पहिलो पटक खेल्न पाएका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...