डिभिजन टुका लागी नेपाली क्रिकेट टिमको घोषणा |

खेलकुद

डिभिजन टुका लागी नेपाली क्रिकेट टिमको घोषणा |

डिसेम्बर ०५ काठमाडौँ :-आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाली टिममा केही परिवर्तन भएको छ। भोलिबाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको नेपाली टिमको सुरूवाती २१ खेलाडीमा युवा खेलाडी रोहित पौडेल, सुनिल धमला र अनिलकुमार शाहले स्थान बनाउदा पछिल्लो पटक खराव फर्ममा रहेका सागर पुन, विनोद भण्डारी र महबुब आलम परेका छैनन्।

नामिवियामा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले आइसीसी प्रतिनिधि आम्युल इस्लाम र कप्तान पारस खड्को छनोट समितिले २१ जना खेलाडी छानेको हो।बारम्बार ब्याटिङमा असफल भएका सागर पुन, मेहबुब आलम र विनोद भण्डारी फालिएका छन्।हालै काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगमा गरेको प्रदर्शनका आधारमा केही नयाँ र युवा प्रतिभालाई टिममा स्थान दिइएको हो।

प्रारम्भीक छनोटमा परेका २१ खेलाडीहरू

अनिल कुमार साह

बसन्त रेग्मी

दिलप नाथ

दीपेन्द्र सिंह ऐरी

दीपेश श्रेष्ठ

ज्ञानेन्द्र मल्ल

करन केसी

किशोर महतो

ललित भण्डारी

ललितनारायण राजबंशी

मोहम्मद आरिफ शेख

पारस खड्का

रोहितकुमार पौडेल

रासिद खान

सन्दिप लामिछाने

शक्ति चौचन

शरद भेसवाकर

सिद्धान्त लोहनी

सोमपाल कामी

सुनिल धमला

शुसन भारी


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...