रोनाल्डोलाई पछिपार्दै मेस्सिले हात पारे ”गोल्डेन शु”|

खेलकुद

रोनाल्डोलाई पछिपार्दै मेस्सिले हात पारे ”गोल्डेन शु”|
मे २१ म्याड्रिड,  बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले २०१७–१८ सिजनको ‘गोल्डन शू’ अवार्ड हात पारेका छन् । मेस्सीले यो अवार्ड पाचौ पटक हात पारेका हुन । उनले स्पेनिश लीग ‘ला लीगा’ मा यो सिजनमा ३४ गोल गरेका छन् । जसले गर्दा मेस्सी ६८ अंक प्राप्त गर्दै अवार्ड हात पारेका हुन । मेसीले गएको वर्ष २०१६–१७ मा ३७ गोल गरेर अवार्ड हात पारेका थिए । यस अघि २००९–१०, २०११–१२ र २०१२–१३ मा मेस्सी गोडन शू अवार्ड प्राप्त गरेका थिए । पाचौं पटक यो अवार्ड जित्ने एक्ला फुतबलर हुन । अवार्ड जित्दै मेस्सीले आफ्ना प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डोलाई पनि पछि पारेका छन् । यसभन्दा अघि रोनाल्डोले गोल्डेन शू चार पटक जितेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...