आजबाट बिस्व कपको नक आउट चरणको खेल हुँदै |

खेलकुद

जुन ३० एजेन्सी :- रसियामा जारी विश्वकपमा अाजबाट ‘नकआउट’ चरणका खेल शुरु हुँदैछ । कूल ३२ टिममध्ये १६ टिम नकआउट चरणमा पुगेका छन् ।नकआउट चरणको पहिलो खेलमा शनिबारसमूह C को विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना खेल्दै छन् । फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना कठिन परिस्थितिकाे सामना गर्दै समूह Dकाे उपविजेता बन्न सफल भएको हो । शनिबार राति पौने १२ बजे समूूह A को विजेता उरुग्वे र समूूह Bको उपविजेता पोर्चुगल खेल्नेछन् । उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो । यस्तै, आइतबार राति समूह Bको विजेता स्पेनले समूह  A को उपविजेता घरेलु टोली रुससँग खेल्नेछ । प्रतियोगिता सुरु हुनु अघिसम्म धेरैले औषत टिम मात्र मानेको रुसले समूह चरणमा गतिलो खेल प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो । आइतबार राति नै समूह C को उपविजेता डेनमार्क र समूह D को विजेता क्रोएशिया खेल्नेछन् । यो खेल राति पौने १२ बजे सुरु हुनेछ । समूह  E को विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग सोमबार खेल्नेछ । सोमबार नै राती पौने १२ बजेपछि सुरु हुने अर्को खेलमा समूह G को विजेता बेल्जियम र समूह H को उपविजेता जापान खेल्नेछन् । मंगलबारको पहिलो खेलमा समूह F को विजेता स्वीडेन र समूह E को उपविजेता स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् । अन्तिम प्रिक्वार्टरफाइनलमा समूह H को विजेता कोलम्बिया र समूह H को उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति पौने १२ बजेपछि सुरु हुनेछ । प्रिक्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन् । नकअाउट चरणकाे खेल तालिका:-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...