नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३ लाख जनही दिने घोषणा |

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३ लाख जनही दिने घोषणा |

फेब्रअरी १९ काठमाडौँ :- विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले १/१ लाख रुपैयाँ थप्ने भएको छ ।क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।

यस्तैगरि   मदन भण्डारी स्पोर्ट एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् । नामिबियामा भएको डिभिजन टूमा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा आफ्नो स्थान बनाएको छ ।जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...