क्रोसियालाई ४-२ले पराजित गर्दे फ्रान्स उपाधि चुम्न सफल |

खेलकुद

क्रोसियालाई ४-२ले पराजित गर्दे फ्रान्स उपाधि चुम्न सफल |
जुलाई १५ मस्को :-फिफा विश्वकपको यो संस्करणको विजेता फ्रान्स बनेको छ । प्रतियोगिताको अन्तिम खेलमा क्रोएशियालाई ४–२ ले पराजित गर्दै फ्रान्स उपाधि चुम्न सफल भएको हो । उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले क्रोएशियाको आत्मघाती गोल, पेनाल्टी र दुईवटा फ्रि किकको सहायताले चार गोल बटुल्न सफल भएको थियो । सुरुआती समयमा आक्रामकरुपमा खेलेको क्रोएशियाले भने दुई गोल मात्रै फर्काउन सक्यो । क्रोएसियाका लागि मारियो मान्डजुकि, पेरिसिकले एक–एक गोल गरे । क्रोएसियाका मान्डजुकिले नै एक आत्मघाती गोल गरे खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे । क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले पेनाल्टीको निर्णय गरेका थिए । दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।सन् २००६ मा फ्रान्स उपविजेतामा सिमित भयो । फ्रान्सलाई ट्रफी दिलाउने क्रममा एन्टोनियो ग्रिजम्यान, केलियन एम्बाप्पे तथा पाउल पोग्बाले एक–एक गोल गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...