छिमेकी देशहरुमा कोरोना संक्रमित बढिरहेकोले नेपालमा पनि सभा सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध।

अन्य

चैत ८ काठमाडौँ :-छिमेकी देशहरुमा केहि साता देखि कोरोना संक्रमितको संख्या बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
आज मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै देशभर सभा,सम्मेलन,भेला,जमघट,गोष्ठि,बैठक,भिडभाड हुने व्यसायकार्यहरु नगर्नुहुन,सामाजिक भौतिक दुरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमद्धारा हस्ताक्षरित बिज्ञप्तिमा मन्त्रालयबाट बिगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरु पालना गरी कोभिढ १९ को संक्रमण नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...