यातायात समितीहरु धमाधम कम्पनीमा दर्ता हुँदै ,अहिलेसम्म ५० समितिले दर्ता भए |

अन्य

यातायात समितीहरु धमाधम कम्पनीमा दर्ता हुँदै ,अहिलेसम्म ५० समितिले दर्ता भए |
मे १६ काठमाडाै:- नेपालमा यातायात क्षेत्रको ‘सिन्डिकेट अन्त्य’ घोषणा गरिएको २ हप्तामा करिब ५० वटा यातायात समितिहरू मात्र कम्पनीको रुपमा दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ।त्यसअघि ११८ वटा कम्पनी दर्ता भएकोमा अधिकांश नयाँ कम्पनी थिए। देशको सार्वजनिक यातायातको क्षेत्रमा पाँच सयभन्दा बढी समिति तथा संघहरू सञ्चालनमा रहेको अधिकारीहरूले अनुमान गरेका छन्। तर सरकारकै ढिला-सुस्तीका कारण कम्पनीको रूपमा दर्ता हुन अन्योल रहेको व्यवसायीहरूको गुनासो छ।यातायात व्यवसायीका भनाइमा ‘सिन्डिकेट अन्त्य’ गर्दा भएको सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलको बैठक अहिलेसम्म बस्न नसक्दा समितिहरू कम्पनीमा दर्ता हुने प्रक्रिया अवरुद्ध भएको हो।त्यसका कारण थप ‘रूट’ अनुमति नदिइएकाले पनि यात्रु मारमा परेको उनीहरू बताउँछन्। तर यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले व्यवसायीहरू कम्पनीमा दर्ता हुन कुनै अप्ठेरो नभएको बताएका छन्।उनले भने, ”यो सबै कुरा हाम्रो छलफलको दायरामा आउँछ, अब केही दिनमा टुङ्ग्याउँछौँ। सरकार र व्यवसायीबीच भएको ‘सिन्डिकेट अन्त्य’ गर्ने निर्णयपछि करिब ५० कम्पनी थपिएका छन्। तर कति कम्पनी दर्ता हुनुपर्ने हो हामीलाई अझै थाहा छैन।”सार्वजनिक सवारीसाधनलाई कम्पनीको रूपमा दर्ता हुन असार मसान्तसम्मको समयसीमा दिइएको छ। तर सरकारले गरेका प्रतिबद्धता पूरा नगरेकाले ढिलाइ भइरहेको व्यवसायीहरूको आरोप छ।उनीहरूका अनुसार समितिका ब्याङ्क खाता रोक्का भएका कारण दैनिकजसो हुने सवारी दुर्घटनापछिको उपचार र बिमासम्बन्धी कार्यक्रम ठप्प भएको छ।सरकारले त्यो अप्ठेरो फुकाइदिनु पर्ने माग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छ। महासंघका एकजना उपाध्यक्ष रामप्रसाद सुवेदीले भने, ”दर्ताको प्रारूप के छ त? एउटा कम्पनीमा कतिवटा गाडी दर्ता गर्नुपर्ने हो? यसबारे कार्यदलको बैठकले टुङ्गो लगाओस्। तर बैठक नै बसेको छैन। अनि हाम्रो सरकारलाई विनम्र आग्रह के हो भने हाम्रो संस्थाहरूको रोक्का भएको खाता खोलियोस्। त्यसपछि क्रमिक रूपमा आगामी एक महिनामा के-के गर्नुपर्ने हो त्यो गर्न हामी तयार छौँ।”

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...