माझकोट शिवालयमा निशुल्क स्वास्थ्य शिबिर हुँदै |

अन्य

माझकोट शिवालयमा निशुल्क स्वास्थ्य शिबिर हुँदै |
भदौं २२ फिस्टेल न्युज सम्बाददाता पोखरा ;-स्याङ्जा माझकोट सम्पर्क समिति पोखराको आयोजनामा वालिङ नगरपालिका -३ माझकोटमा भदौ २९ गते शुक्रबार निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । वालिङ नगरपालिका वडा नम्बर ३ को स्थानीय ब्यबस्थापनमा हुने स्वास्थ्य शिबिरमा हिमालय आँखा हस्पिटल पोखरा र कास्की सेवा हस्पिटल पोखराको प्राबिधिक सहयोग रहने सम्पर्क समितिका सचीव बिश्नुमाया गुरुङले बताउनु भयो । शिबिरमा आँखा,स्त्रीरोग र मेडिकल सम्बन्धि स्वास्थ्य जाँच हुने स्रोतले जनाएको छ भने साबिक माझकोट गाबिस र वरपरका बिरामीहरु सहित झन्डै ५०० जनाको स्वास्थ्य परिक्षण गरिने समितिको दाबी छ । साथै संबंधित रोगका बिरामीहरु र अन्य सार्बसाधरणलाइ स्वास्थ्य परिक्षण गरि फाइदा लिनुहुन समेत सम्पर्क समितिले अनुरोध गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...