चितवनमा बन्दको आंशिक प्रभाव ,३ ठाउमा बम बिस्फोट |

अन्य

चितवनमा बन्दको आंशिक प्रभाव ,३ ठाउमा बम बिस्फोट |
मे १३ नारायणगढ़:-नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा बन्दको आशिंक प्रभाव परेको छ । चितवनमा लामो दुरीको यात्रुबाहक बसहरु चलेको छैन भने बजार पनि आशिंक रुपमा मात्रै खुलेका छन् । छोटो दुरीको बसहरु र टेम्पोहरु भने चलिरहेका छन् । शैक्षिक संस्थाहरु खुलेका छैनन् । यद्यपि कक्षा ११ को परिक्षा भने सुचारु रहेको छ । यस्तै चितवनको तीनस्थानमा आज बम विस्फोट भएको छ । भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केटमा आज बिहान ३ः३० बजेतिर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । सुपरमार्केटको कम्पाउण्डमा बम बिस्फोटहुदाँ सुपरमार्केटको सिसाहरु फुटेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए । बिस्फोटबाट भाटभटेनी सुपरमार्केट नजिक रहेको रोयल सेन्चुरी होटलको समेत केही झ्यालको सिसाहरु फुटेको छ । त्यस्तै पुर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडी समेत बिहान बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै क्षती नभएको प्रहरीले जनाएको छ । खैरहनी ८ पर्सा बजार नजिक भएको बम बिस्फोटबाट दुईवटा घरको झ्यालमा सामान्य क्षति पुगेको बताइएको छ । बम बिस्फोट कसले गराएको हो भन्ने एकिन नभएपनि बन्दकर्ता नेकपाको कार्यकर्ताले बिस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले बम बिस्फोट गराउनेहरुको खोजीकार्य तिव्र पारेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...