बुद्द वाज बर्न इन नेपाल कार्यक्रम भब्य रुपले सफल ७५ हजार भन्दा बढी मानिसहरुको उपस्थिति |

अन्य

बुद्द वाज बर्न इन नेपाल कार्यक्रम भब्य रुपले  सफल ७५ हजार भन्दा बढी मानिसहरुको उपस्थिति |

मार्च ३ काठमाडौँ :- विश्व कीर्तिमान बनाउने प्रयासस्वरुप शनिबार काठमाडौंको टुँडिखेलमा हजारौं मानिस भेला भएर एकसाथ भगवान् गौतमबुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् ।विश्व कीर्तिमानी परिषद नेपालको आयोजनामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ वाचन गरिएको हो ।

‘बुद्ध वाज बर्न इन् नेपाल’ नाम दिइएको कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौंमा उपस्थित भएका थिए ।सो कार्यक्रममा ७५ हजार व्यक्तिले आधिकारिक पास लिएर कार्यक्रमस्थलमा प्रवेश गरेको र त्यति नै संख्यामा पास नलिइकन मानिसहरु उपस्थित भएको दाबी आयोजकको छ ।

नेपालमा भएको कार्यक्रमलाई गिनिज बुकले मान्यता दिन बाँकी छ ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...