नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस उपचार कोषमा ५१ लाख सहयोग ।

अन्य    स्वास्थ्य

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस उपचार कोषमा ५१ लाख सहयोग ।
अप्रिल १० काठमाडौँ :-नेपालको सबभन्दा पुरानो तथा स्थापित बिमा कम्पनि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा ने रु ५१ लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार काठमाडौँमा कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग प्रदान गर्दै आएको छ र यस सहयोगवाट कोरोना भाइरस संक्रमणको महामारी रोक्न,मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...