आज देशभर सम्पूर्ण स्वास्थ्य सेवा ठप्प ,चितवनमा भने संचालित |

अन्य

आज देशभर सम्पूर्ण स्वास्थ्य सेवा ठप्प ,चितवनमा भने संचालित |
माघ १८ काठमाडौँ :- नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ।बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो। अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको घोर भर्त्सना गरेको छ। साथै डा। गोविन्द केसीको जीवन रक्षाका निम्ति संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, देशभर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्णरूपमा कार्यान्वयन गर्नर गराउन संघले अनुरोध गरेको छ। आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरूमा पर्न सक्ने असुविधाप्रति संघले दुःख व्यक्त गरेको छ।संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ। चितवनका अस्पतालमा सबै सेवा संचालनमा आएको छ । भरतपुर अस्पताल र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ओपिडि टिकट संचालन गरिएको छ भने चिकित्सकहरुले विरामी जाँच गरेका छन् । भरतपुर अस्पतालमा दर्जन बढि चिकित्सकले ओपिडिमा विरामीको जाँच गरेका छन् । अधिकांस चिकित्सक भने ओपिडिमा विरामी जाँच गर्न आएका छैनन् । चिकित्सक नआएका वार्डका विरामीलाई आकस्मिक कक्षबाट पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...