नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १ करोड ,३ लाख १५ हजार मृत्यु दाबी भुक्तानी ।

अन्य

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १ करोड ,३ लाख १५ हजार मृत्यु दाबी भुक्तानी ।
फेब्रुवरी ८ काठमाडौँ :- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वुद्धशान्ति गाउँपालिका(३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दुर्घटनमा मृत्यु भएपछि उनको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको हो । बीमा वापतको रकम एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरेको कम्पनीले जनाएको छ । इन्द्रप्रसाद दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दुधेमा सवारी दुर्घटनामा मृत्यु भएको थियो । दंगालले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा बीमा योजना अन्तर्गत बीमा गरेका थिए । दंगालले पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाएका थियो । उनले १६वर्ष अवधिको बीमा गरेका थिए ।         श्रोत् :-बिमा खबर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...