इजरायल गोर्खा एसोसिएसनद्वारा प्रकाशीत पुस्तक ”आकांक्षा”को बिमोचन गरिने ।

अन्य

इजरायल गोर्खा एसोसिएसनद्वारा प्रकाशीत पुस्तक ”आकांक्षा”को बिमोचन गरिने ।
सेप्टेम्बर ११ इजरायल :-इजरायल गोर्खा एसोसिएसनद्वारा साहित्यीक पुस्तक “आकांक्षा”को बिमोचन एक कार्यक्रमको आयोजना गरी गरिने भएको छ ।यहि आउदो सेप्टेम्बर १३ तारिक शुक्रबार इजरायलको तेलअबिभ स्थित एभरेस्ट क्लबमा एक कार्यक्रमका बिच बिमोचन गरिने सो पुस्तकमा बैदेशीक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली र नेपाली भाषी साहित्यकारहरुको सृजनाहरु समेटिएको छ । पुस्तक नेपाली र गोर्खा भारतीय नागरिकहरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकाशन भएको हो ।इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहानले जानकारी दिनु भए अनुशार “आकांक्षा” भित्र सर्जकहरुका ३१ वटा साहित्यिक सिर्जनाहरु रहेका छन् । ७१ पेज रहेको सो पुस्तकको सम्पादक पासड्ग थोक्ते शेर्पा, सह सम्पादकहरु बिध्या थापा मंगर, ग्रेसी राई, शुसान्त राई दुड्गमाली रहेका छन् भने आवरण सज्जा प्रवेश क्षेत्रीले गर्नु भएको छ ।कार्यक्रममा उपस्थित भई सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलमा कार्यरत सम्पूर्ण साहित्य प्रेमी नेपालीभाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई आयोजकले अनुरोध गरेको छ ।

बिमोचन कार्यक्रम ''आकांक्षा” आयोजक :-इजरायल गोर्खा एसोसिएसन मिती :-सेप्टेम्बर १३ २०१९ स्थान :-एभेरेस्ट डिस्को हल समय :-०७ :०० बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...