नवलपरासीमा बस र ट्रक दुर्घटना हुँदा २ को मृत्यु ,३२ घाइते |

अन्य

नवलपरासीमा बस र ट्रक दुर्घटना हुँदा २ को मृत्यु ,३२ घाइते |
असोज १३ नवलपरासी:- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१६,मा आज बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोकिन्दा दुई जनाको मृत्यु भएको छ भने, ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...